काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


पूर्व राजा ज्ञानेन्द्रले आइतबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘‘यो वर्षको मौसमी वर्षासँगै राजधानी लगायत देशका विभिन्न भूभागमा आएको बाढी पहिरोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा मलाई दुखी तुल्याएको छ ।’’


ADVERTISEMENT

# # #


‘‘प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकीर्ण सोचबाट माथी उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ भन्ने मेरो हार्दिक आग्रह छ’’ उनको वक्तव्यमा भनिएको छ, ‘‘प्राकृतिक विपदको यो घडीमा म शोक संन्तप्त पीडित सबै प्रति हार्दिक समवेदना र सहानुभूति राख्दै विपद् व्यवस्थापनको प्रभावकारी कदम चालिनु पर्ने आवश्यक्ता देख्दछु । ’’