काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने प्रयास भइहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै प्रचण्डले असार मसान्तसम्म एकताका सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसार प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल जारी रहेको बताएका हुन् । उनले दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमती भइसकेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा पनि गरे । उनले भने, ‘मुलभूत रुपमा सबै हामीले टुंग्याउँछौं । अब खाली ठाउँ भर्न मात्र बाँकी छ ।’

उनले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहाना अनुसार काम गर्नुपर्ने चुनौति रहेको उल्लेख गरे ।

दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै प्रतिक्रियावादीले षडयन्त्र गरिरहेको दाबी गर्दै प्रचण्डले भने, ‘प्रतिक्रियावादीहरु फुटाउन सिफालु छन्, हामी जुटाउन सिपालु हुनुपर्छ ।’ दुश्मनका कारण नभई आफ्नो कमजोरी, अहंकार र व्यक्तिवादी चिन्तनका कारण कम्युनिस्ट पार्टीहरु असफल भएको विश्व इतिहास रहेको उनले बताए ।

अध्यक्ष दाहालले ठूलो त्याग, संघर्ष र बलिदानको जगमा निर्माण भएको दुई पार्टीबीचको एकतालाई असफल बनाउने देशी, विदेशी प्रतिक्रियावादीहरुको चाहनालाई परास्त गर्न सफल भएकोमा आफूलाई गर्व लागेको पनि बताए ।