काठमाडौं – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले अब मुख्य कोचसहित सहयोगी स्टाफ पदको लागि आवेदन माग गर्ने तयारी गरेको छ । विश्वकपसँगै कार्यकाल समाप्त भएका कोच रवि शास्त्रीलाई बीसीसीआइले पुनः कोचको रुपमा नराख्ने निर्णय गर्दै उनको सम्झौता अवधि नवीकरण नगरी खुला आवेदन माग गरेको हो । आवेदन छिट्टै खुलाउने तयारी छ ।


ADVERTISEMENT


भारत ३ अगष्टदेखि ३ सेप्टेम्बरसम्म वेष्ट इण्डिजमा खेल्न जाँदैछ । त्यसपछि बलिङ कोच भरत अरुण, ब्याटिङ कोच संजय बांगड र फिल्डिङ कोच आर श्रीधरको कार्यकाल पनि सकिनेछ । यी सबैलाई पनि नवीकरण नगरी खुला आवेदन माग गर्ने बीसीसीआइको तयारी छ । यद्यपि यी सबैले पुनः आवेदन दिन भने पाउनेछन् । भारतका ट्रेनर शंकर बसु र फिजियो प्याट्रिक फरहार्टले विश्व्कपलगत्ते पद छाडिसकेका छन् । उनहिरुको ठाउँमा पनि नयाँ आवेदन खुलाइनेछ ।


ADVERTISEMENT

# # #


भारतीय टिम वेष्ट इण्डिजमा खेलिसकेपछि १५ सेप्टेम्बरदेखि दक्षिण अफ्रिकासँग खेल्दैछ । त्यसअघि नै नयाँ कोचिङ स्टाफको चयन भइसक्ने बताइएको छ । शास्त्री २०१७ मा अनिल कुंबलेको ठाउँमा कोच बनेका थिए । उनको प्रशिक्षणमा भारतले आइसीसीको कुनै पनि ठूलो प्रतियोगिता जित्न सकेन । बीसीसीआइका अनुसार सहयोगी स्टाफसँगै टिम म्यानेजर पदको लागि पनि आवेदन मागिनेछ । तमिलनाडुका पूर्वकप्तान सुनिल सुब्रमन्यमलाई २०१७ मा टिम म्यानेजर बनाइएको थियो । अब उनको पनि सम्झौता नवीकरण नगरिने भएको छ ।