काठमाडौं – आकर्षक तलव हुने वर्किङ भिषामा युरोप पठाइदिन्छु भनि विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले काठमाडौं महानगरपालिका धापासी बस्ने चितवन रत्ननगर नगरपालिका–४ देवौलीका ३१ वर्षीय नविन कुमार चौधरीलाई मंगलबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


चौधरीले प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुसँग विभिन्न मितिमा करिब ५१ लाख ५० हजार रुपैयाँ लिई काठमाडौं हुँदै भारतसम्म पुर्‍याई अलपत्र पारी सम्पर्कविहिन हुने गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका–६ स्थितबाट फेला पारी पक्राउ गरेको हो । चौधरीलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।