काठमाडौं – नेपाली ईन्जिनियरहरुको छाता संगठन नेपाल ईन्जिनियर्स एशोसिएसनले २० हजार इन्जिनियरको दुर्घटना बीमा गर्ने भएको छ । एशोसियसनले आफ्नो ५७ औं ईन्जिनियर दिवस अवसरमा बीमा गर्न लागेको हो ।


ADVERTISEMENT


५७ औं दिवसको पूर्व सन्ध्यामा बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिएसनले ५७ औं ईन्जिनियर दिवसको तयारी पूरा भएको जनाएको हो । एशोसिएसनका महासचिव ई. छविराज पोख्रेलका अनुसार शुक्रबार हुने दिवसको अवसरमा इन्जिनियरको सामूहिक दुर्घटना बीमा गरिँदैछ । उनले ईन्जिनियरहरु देशको महत्वपूर्ण जनशक्ति भएकोले उनीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


एशोसिएनका अनुसार २० हजार ईन्जिनियरको गरिने दुर्घट्ना विमा नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय विमा कम्पनी लिमिटेडसँग गरिने भएको हो । विमांक दश लाख रहनेछ भने प्रिमियम पचास लाख तिर्नुपर्नेछ । तर, आफूहरुको चाहना विमा दाबी गर्न नपरोस भन्ने रहेको एशोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यलेले सुनाए । अहिलेलाई एशोसिएसनले नै प्रिमियम तिरिदिने भएको छ ।

यस्तै उनले काठमाडौमा प्रदर्शनीमार्गस्थित् राष्ट्रियसभा गृह र काठमाडौं बाहिर प्रदेश राजधानीस्थित एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत विविध कार्यक्रम गरि इन्जिनियर दिवस मनाउन लागिएको जानकारी दिए ।

उक्त अवसरमा विभिन्न विधामा योगदान पुर्याएका इन्जिनियरलाई सम्मानित गरिने एशोसिएसनले जनाएको छ ।