काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा सरकारमा सहभागी हुने अध्याय समाप्त भएको औपचारिक घोषणा गरेको छ ।


ADVERTISEMENT


पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ । बैठकले आगामी भदौभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुए ।


ADVERTISEMENT

# # #


प्रदेश– १ को झापा, ३ को हेटौँडा, ४ को पोखरा, ५ नेपालगञ्ज, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा अधिवेशन गरिने र प्रदेश नं २ मा चुनाव पश्चात् अधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टीका जनवर्गीय संगठनको निर्वाचन आगामी मंसिरभित्र सम्पन्न गर्ने, प्रत्येक गाउँपालिका, नगरपालिका र प्रदेशमा हिन्दूराष्ट्र जागरणसभा आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । आगामी भदौभित्र सातै प्रदेशमा वृहत सनातन धर्म सम्मेलन आयोजना गरिने कार्यक्रम समेत छ ।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा गरिएको बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन तत्काललाई कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने जनाइएको छ । देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपालाई सरकार विस्तारमा कुनै वास्ता नगरेपछि पार्टी क्रुद्द भएको छ ।

राप्रपाले ‘हरेक वडामा राप्रपा, हरेक क्षेत्रमा राप्रपा’ अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । उसले प्रदेशस्तरीय अधिवेशन भदौभित्र सक्ने, विभिन्न तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, मंसिरभित्रै भ्रातृ संगठनको अधिवेशन गर्ने, गाउँपालिका तथा नगरपालिकाहरुमा हिन्दुराष्ट्र पुर्नस्थापना जागरण सभा गर्नेलगायतको पनि निर्णय गरेको छ ।