काठमाडौँ – सरकारले विद्युतीय बस खरिद गर्नका लागि तीन अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । गत आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले भौतिक पूर्वाधार मन्त्रालयमार्फत उपलब्ध गराउने गरी उक्त निर्णय भएको हो ।


ADVERTISEMENT


बिहीबार मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले साझालाई ३ अर्ब रुपैयाँ नेपाल सरकारको शेयरका रुपमा उलपब्ध गराउन लागिएको बताए । उनले उपत्यकामा साना सवारी साधानहरुले ट्राफिक जाम बढाउँदै गएकाले विद्युतीय बस आए जाम कम हुने बताए ।


ADVERTISEMENT

# # #


जति साना सरावरी साधान बढ्दै जान्छन्, त्यती जाम बढ्दै जान्छ ।’ उनले भने, ‘सय जना मान्छे बोक्न सय वटा कार चाहिन्छ । तर, सय जना मान्छे बोक्न एउटा बस भए पुग्छ । त्यसो भयो भने त्यसले धेरै सजिलो पुर्याउँछ ।’ पहिले पनि साझाले सफलता हासिल गरेको भन्दै मन्त्री बाँस्कोटाले सरकार आफैले बस सञ्चालन गर्न नसक्ने भएकाले साझालाई दिइएको बताए । उनले सर्वसाधारणलाई सुलभ, सहज र आधुनिक सेवा प्रदान गरिनुपर्ने उल्लेख गरे ।