काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको यति बेला चारै तिर आलोचना भइरहेको छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको हो ।


ADVERTISEMENT


रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।


ADVERTISEMENT

# # #


केही दिनदेखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।

उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकाइएकी साम्राज्ञी सुटिङको ह्याङ उतार्न केही दिन समयअगाडि बाली पुगेकी थिइन् ।