काठमाडौँ – सिंगापुरमा जारी टी-२० विश्वकपको एशिया छनोटमा कमजोर मानिएको टिम कतारसंग अप्रत्यासित हार ब्यहारेपछि नेपाली क्रिकेट टिम आलोचित बनेको छ ।


ADVERTISEMENT


मंगलबार सिंगापुरको इण्डियन एशोसियसन क्रिकेट मैदानमा नेपाल कतारसंग ४ विकेटले पराजित भयो । टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्रै बनायो । १२३ रनको सामान्य लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको कतारले १९.२ ओभरमा ६ विकेटको क्षतीमा जित हात पार्यो ।


ADVERTISEMENT

# # #


कतारसंग नेपालको हारको कारण टिम छनोट हो भन्दै कतिपयले सामाजिक सञ्जालमा विश्लेषण गरिरहेका छन् । २० ओभरको खेलमा नेपालले आज बलर मात्रै ६ जना खेलाएको थियो । यसबाहेक पारस खड्का, दीपेन्द्र ऐरी, शरद भेषावकरले पनि राम्रो बलिङ गर्ने गर्छन् । यही विषयलाई लिएर नेपालका पूर्वकप्तान तथा यू १९ टिमका प्रशिक्षक विनोद दासले पनि प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा विनोदले गरेको प्रश्न यस्ता छन् ?

१. पावर प्ले, मिडिल ओभर र डेथ ओभरमा कसले बलिङ गर्छ ?
२. के यो पिच अझै ब्याटिङका लागि कठिन छ ?
३. के हामीले २० ओभरमा ६ जना बलर+पारसलाई खेलाएर सही निर्णय लियौँ ?
४. के हामीले १२२ रन जोगाउन सक्छौँ ?