काठमाडौँ – कामना सेवा विकास बैंकले पोखराको पुरुन्चौरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


मंगलबारबाट सुरु भएको उक्त शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।