काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विना कुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशहरुमा कर्मचारी अभाव हुँदा विकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको बताए । लोकसेवा आयोगमा कर्मचारी दरबन्दीका लागि लेखिपठाए पनि समय लाग्ने देखिएको र कर्मचारी करारमा नियुक्त गर्न कानुनी ब्यधान रहेकोले समस्यामा परेको मुख्यमन्त्री शाहीले बताए ।


ADVERTISEMENT

# # #


कर्मचारी समायोजनपछि अधिकांश कर्मचारीले कर्णाली रोज्न नमानेकोले कर्णालीमा कर्मचारी कम छन् । कर्मचारीहरुले कर्णालीमा जर्बजस्ती पठाइएको महसुस गर्ने गरेको भन्दै मुख्यमन्त्री शाहीले त्यसको मारमा प्रदेशका जनता परेको बताए ।