काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुल्मीको त्यवति गाउँपालिकामा आएको पहिरोको घटनाप्रति दुःख व्यक्त गरेको छ । सोमबार राती आएको पहिरोले गर्दा सत्यवति गाउँपालिकाको लिम्घा एकै परिवारका ८ जनासहित १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता रहेका छन् ।


ADVERTISEMENT


कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै कांग्रेसले बेपत्ताको खोजी कार्य जारी राख्न र विस्थापित र जोखिममा रहेका परिवारलाई पुर्नस्थापनाको व्यवस्था गर्न माग गरेको छ ।


ADVERTISEMENT

# # #