काठमाडौँ – सिंगापुरमा जारी टी-२० विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेसंगै ज्ञानेन्द्र मल्लले पनि एउटा कीर्तिमान कायम गरेका छन् ।


ADVERTISEMENT


विनोद भण्डारीको रेकर्ड तोड्दै ज्ञानेन्द्र टी-२० अन्तर्राष्ट्रियमा तीव्र गतीमा अर्धशतक बनाउने नेपाली खेलाडी बनेका हुन् । वर्षाका कारण ९ ओभरमा घटाइएको खेलमा ज्ञानेन्द्रले मलेसियाविरुद्ध २० बलमै ५१ पूरा गरे । आउट हुनुअघि उनले २१ बलमा ३ छक्का र ५ चौकाको मदतमा ५१ रन हाने ।


ADVERTISEMENT

# # #


यससंगै ज्ञानेन्द्रले टी २० अन्तर्राष्ट्रियमा पहिलो अर्ध शतक हानेका छन् भने नेपालका लागि यो छैटौा अर्धशतक हो । यसअघि कप्तान पारस खड्काले २, सुवास खकुरेल, विनोद भण्डारी र सन्दीप जोराले १-१ अर्धशतक हानेका छन् ।

यसअघि यो रेकर्ड विनाद भण्डारीका नाममा रहेको थियो । विनोदले मलेसिया विरुद्ध एकसाता अघि उसकै घरेलू मैदानमा भएको टी-२० सिरिजमा पारस खड्काको रेकर्ड तोड्द २५ बलै अर्धशतक बनाएका थिए ।