काठमाडौँ – सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा नेपालले पहिलो जित हात पारेको छ । वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको हो ।


ADVERTISEMENT


सिंगापुरको इण्डियन एशोसिएसन क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ थालेको मलेसियाले ९ ओभरमा ७ विकेटको क्षतीमा ८३ रन बनायो । ८४ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको नेपालका लागि ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले ८ ओभरमा ३ विकेट गुमाएर जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


ज्ञानेन्द्रले पहिलो विकेटका लागि प्रदीप ऐरीसंग ६६ रनको साझेदारी गरे । उनले २० बलमा नै अर्धशतक पूरा गरे । ज्ञानेन्द्र २१ बलमा ३ छक्का र ५ छक्का ठोक्दै ५१ रन बनाएर आउट भए । यस्तै प्रदपि ऐरीले १४ बलमा १२ रन बनाए । उनले एक चौका हाने ।

यस्तै विनादे भण्डारी ८ बलमा १३ रन बनाएर नटआउट रहे । उनले एक छक्का हाने । यस्तै शरद भेषवाकरले नटआउट २ रन जोडे ।  दीपेन्द्र सिंह ऐरी ३ रनमा आउट भए । मलेसियाका लागि मोअम्मद शाहदादले ३ विकेट लिए ।

यसअघि मलेसियाले ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ विकेटको क्षतीमा ८३ रन बनायो । मलेसियाका लागि सेयद अजिजले ३० रन बनाए । १५ बलमा उनले ५ चौका र एक छक्का हाने । यस्तै भिरन्दीप सिंहले २१ रन बनाए । त्यसक्रममा उनले १७ बलमा एक चौका र एक छक्का हाने । यस्तै कप्तान अहमेद फेजले ९ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । २ ओभरमा उनले २३ रन खर्चिए । यस्तै वसन्त रेग्मीले २ विकेट लिए । एकै ओभरमा उनले भिरन्दीप सिंह र अहमेद फेजलाई पेवेलियन फर्काएका थिए । सन्दीप लामिछाने र करण केसीले समान १-१ विकेट हासिल गरे ।