काठमाडौँ – तराई लगायत देशभर बाढी र पहिरोले क्षती पुर्याएपछि स्थगित भएको प्रतिनिधि सभा बैठक बुधबारदेखि सुरु भएको छ ।


ADVERTISEMENT


बैठकमा बाढी पहिराको विषयमा छलफल हुँदैछ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले सर्लाही घटना र विप्लव कार्यकर्तामाथि गोली हानेको विषयलाई लिएर अवरोध गरेपछि बैठक स्थगित हुँदै आएको थियो ।


ADVERTISEMENT

# # #


संसदमा बाढीपहिरो सम्बन्धी छलफल हुने भएपछि कांग्रेस र राजपा बैठक सञ्चालन गर्न सहमत भएका हुन् ।