काठमाडौँ – निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाहको मुद्दा दर्ता भएपछि जिल्ला अदालत, काठमाडौंले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार छवि र शिल्पाविरूद्ध अदालतमा बहुविवाहको मुद्दा दर्ता भएपछि बुधबार पक्राउ पुर्जी जारी ‍गरिएको हो।


ADVERTISEMENT

# # #


छविकी पहिलो पत्नी हेमा ओझाले आइतबारमहानगरीय प्रहरी बृत गौशालामा बहुविवाह सम्बन्धी जाहेरी दिएकी थिइन् । गौशाला प्रहरी बृत्तले सो उजुरी कालिमाटी पठाएको थियो ।