काठमाडौँ – व्यवसायी चन्द्रप्रसाद ढकाल पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा पुनः चयन भएका छन् । आइतबार सम्पन्न मञ्चको चौधौँ वार्षिक साधारण सभालेलाई ढकाललाई अर्को कार्यकालका लागि अध्यक्षमा चुनेको हो ।


ADVERTISEMENT


साविकको पश्चिमाञ्चल विकास क्षेत्रका तीन अञ्चल गण्डकी, धौलागिरी र लुम्बिनीलाई समेटेर त्यस क्षेत्रको विकासका लागि राष्ट्रिय प्रयास र दृष्टिकोण जुटाउने उद्देश्यले सो मञ्चको गठन गरिएको हो । नवनिर्वाचित ढकाल ग्लोबल आइएमइ बैंक, आइएमई ग्रुप र चन्द्रागिरि हिल्सका अध्यक्ष हुन्।


ADVERTISEMENT

# # #


उक्त मञ्चको उपाध्यक्षमा साविकको धौलागिरि अञ्चलबाट ज्ञानेन्द्रविक्रम महत, गण्डकीबाट मदन कुमार महत र लुम्बिनीबाट शोभाकर न्यौपाने तथा महासचिवमा यादव भट्टराई, सचिवमा नारायणप्रसाद तिम्सिना र कोषाध्यक्षमा योगराज कडेल शर्मा निर्वाचित भएका छन् ।

त्यस्तै साविकका तीन अञ्चलका सबै जिल्लाहरुबाट गरी कार्यसमितिमा १७ जना सदस्य निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष ढकालले देश अहिले संघीय शासन प्रणालीमा गएको भए पनि साविकको पश्चिमाञ्चाल विकास क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि एक भएर साझा चौतारीका रुपमा काम गर्नेगरी विशुद्ध सामाजिक संस्थाका रुपमा सो मञ्च सञ्चालन गरिएको बताए ।

उनले यस क्षेत्रको भूगोल, पर्यावरण, धार्मिक तथा सांस्कृतिक धरोहर तथा अरु कैयन्अ द्धितीय सम्पदाहरुका कारण देशको पश्चिमाञ्चल क्षेत्र नेपालकै एक अलौकिक सम्भावनायुक्त क्षेत्र रहेको पनि स्पष्ट गरे ।