सुनसरी – एक १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित झुम्का बजारकी ती बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले स्थानीय ३५ वर्षीय भीम गुरुङलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


घरमा कोही नभएको मौका छोपी गुरुङले बालिकालाई अश्लिल चलचित्र देखाएर यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ ।

पीडित परिवाले दिएको जाहेरीको आधारमा गुरुङलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।