रुपन्देही– नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसञ्चार सेवा केन्द्र बुटवल शाखाले त्रिपन्नौँ रक्तसञ्चार दिवसका नियमित रक्तदान गराउने १३८ सङ्घसंस्थालाई आज सम्मान गरेको छ । कार्यक्रममा प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशव आचार्यले प्रदेशमा कुनै पनि व्यक्तिले रगतको अभावमा जीवन गुमाउन नपर्ने अवस्था सिर्जना गर्नु आवश्यक भएको बताए ।


ADVERTISEMENT


नेपाल रेडक्रसका केन्द्रीय सदस्य सुदर्शन नेपाल, रेडक्रस प्रदेश नं ५ का महासचिव कृष्ण पङ्गेनी, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीशाखाका अध्यक्ष कृष्ण चौहान, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, विमलबहादुर शाक्यलगायतले रेडक्रसको पहुँचलाई सर्वसाधारणसम्म पु¥याउन जरुरी रहेकामा जोड दिए । रासस


ADVERTISEMENT

# # #