काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंकले बैतडीको पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको आाइतबार पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले उद्घाटन गरेका छन् र


ADVERTISEMENT


नयाँ शखाको सञ्चालनसंगै उक्त क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी हुने बैँकले विश्वास व्यक्त गरेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #