पर्सा – वीरगंज महानगरपालिका–२५ बहुअरी चोकबाट अवैध लागूऔषध गाँजा ८९ किलोग्राम सहित भारत मोतिहारी फुलबरिया बस्ने ३२ वर्षीय आस्लम आलम समेत ४ जना भारतीय नागरिकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


सोही ठाउँस्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बिआर २८ जि २७७० नम्बरको बलेरो गाडी जाँच गर्दा गाडीको बिभिन्न भागमा फल्स बटम बनाई लुकाई राखेको उक्त अवैध लागूऔषध गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।