काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले प्रतिनिधिसभाको बैठकको बुधबार पनि अवरोध कायमै राखेका छन्। उनीहरूले प्रतिनिधिसभाको रोष्ट्रम अगाडि एक घण्टा नारा लगाएका हुन्।


ADVERTISEMENT


बिहान सवा ११ बजे सुरु भएको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदको कारबाही प्रारम्भ गर्ने वित्तिकै कांग्रेस र राजपाका सांसदले उठेर बिरोध जनाएका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेस र राजपाका सांसद अगाडी आई नाराबाजी गरिरहे । सभामुख महराले प्रतिपक्षी सांसदले राखेका मागहरु सम्बोधनका लागि संसद चल्न आवश्यक भएको भन्दै विरोधमा उत्रिएका सांसदलालाई सम्झाई बुझाई बैठक सूचारु गर्ने प्रयास गरिरहे । तर,कांग्रेस र राजपाका सांसदहरुले नाराबारीसहित अवरोध गरिरहेपछि अन्नतः सभामुख महराले बैठक स्थगित भएको घोषणा गरे ।

अर्को बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ

यसअघि सोमबारको प्रतिनिधिसभा बैठकमा पनि कांग्रेस र राजपाका सांसदले अवरोध पुर्‍याएपछि बुधबारसम्मका लागि बैठक स्थिगित गरिएको थियो ।