काठमाडौँ –  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले ‘सेल पे’ सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैँकका गभर्नर चिरञ्जिवी नेपालले उक्त सेवा सुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT


‘सेल पे’मा विभिन्न दुरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बीटुबी, बीटुजी आदि सेवा लिन सकिनेछ।


ADVERTISEMENT

# # #


‘सेल पे’को मोबाइल तथा वेब एप्लिकेसनको माध्यामबाट खाता बनाई त्यसमा आफ्नै बैँक खाता जाडेर भुक्तानी गर्न सकिने तथा सेवामा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाइएको कम्पनीले जनाएको छ । ‘सेल पे’ मा अन्य वालेटको जस्तो झण्झिटिलो प्रक्रिया अपनाउनु नपर्ने भएकाले सबैका लागि उपयक्त रहेको कम्पनीको भनाई छ ।

हाल ‘सेल पे’मा १० वटा बैँक जोडिएका छन् । जसमा सेन्चुरी बैँक, सिटिजन बैँक, एभरेस्ट बैँक, हिमालयन बैँक, आइसीएफसी फाइनान्स, मेगा बैँक, कामना सेवा विकास बैँक, मुक्तिनाथ विकास बैँक, नेपाल बंगलादेश बैँक र एनआइसी एशिया बैँक रहेका छन् । आगामी दिनमा अन्य बैँकहरुलाई पनि ‘सेल पे’ मा जोड्दै लैजाने कम्पनीले जनाएको छ ।

कसरी उपभोग गर्ने सेल पे सेवा ?

सर्वप्रथम ‘सेल पे’ को एप्लिकेसन डाउनलोड गर्नुपर्दछ । जुन प्लेस्टोर र एप स्टोरमा उपलब्ध रहेको छ । त्यसपछि एपले दिने निर्देशन बमोजिम प्रक्रिया पूरा गर्दै जानुपर्छ । एप्लिकेसनमा आफ्नो बैँक खाता जोडि सकेपछि विभिन्न किसिमका भुक्तनीहरु गर्न सकिन्छ ।

ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गरेलगत्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु ‘सेल पे’ सेवाको मुख्य विशेषता हो ।

प्रयोगकर्ताहरुलाई सेल पे बाट रकम स्थानान्तरण गर्दा २ रुपैयाँदेखि २० रुपैयाँसम्म लाग्नेछ ।