एजेन्सी – भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी आजदेखि जम्मु कास्मिर उपत्यकामा गस्तीमा गएका छन्।


ADVERTISEMENT


प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले सेनाको पोसाकमा गस्ती गर्ने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।


ADVERTISEMENT

# # #


धोनीले १०६ प्रादेशिक बटालियनमा रहेर आगामी ३१ जुलाईदेखि १५ अगस्टसम्म सेनाको रूपमा काम गर्नेछन्। यो युनिट कास्मिरको भिक्टर फोर्सको हिस्सा हो। जहाँ रहदा धोनीले गस्ती, गार्ड र पोस्टको ड्युटी गर्नेछन्।

गस्तीमा जाँदा उनले ए के ४७ राइफल बोक्नुपर्नेछ । यस्तै उनीसंग बुलेटप्रूफ ज्याकेटसहित १९ किलोका अन्य सामान पनि हुनेछन् । जसमा

३८ वर्षीय धोनी धोनीलाई २०११ मा भारतीय सेनाको टेरिटोरियल आर्मीमा लेफ्टिनेन्ट कर्णेलको मानार्थ पदवी दिइएको थियो । यसअघि प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने धोनीको चाहनालाई भारतीय सेनाका जनरल बिपिन रावतले अनुमति दिने बताएका थिए।

धोनीले गत आइतबार आफू २ महिना सेनामा बिताउने भारतीय क्रिकेट टिमका चयन समितिलाई बताएका थिए। टेस्टबाट संन्यास लिइसकेका धोनीले एकदिवसीय र टी–२० खेलबाट तत्काल सन्यास नलिने पनि बताएका थिए।

धोनी इण्डिज जाने टिममा नभएपछि भारतीय क्रिकेट बोर्डले रिशव पन्तलाई विकेटकिपरको भूमिका दिएको छ। पन्त वान डे र टी–२० फर्म्याटको क्रिकेटमा विकेटकिपर बन्न पाउनेछन्। टेस्टमा भने ऋद्धिमान साह पनि विकेटकिपरको रुपमा टिममा छन्।