काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।


ADVERTISEMENT


गगनले सामाजिक सञ्जालमार्फत बधाई दिँदै योगेशको सफलता उनी र उनको पार्टीको मात्र नभई युवा पुस्ताको राजनीतिकर्मीप्रतिको आशा र विश्वाससँग जोडिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘योगेश भट्टराई दाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस् । मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टी संग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वास संग जोडिएको छ। मुरी मुरी शुभकामना ।’

मन्त्री भट्टराईले आजै राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।