काठमाडौँ – गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हुने भएको छ । हिमालय टिभिमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने बताइएको छ ।


ADVERTISEMENT


झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा सहभागी भएको कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले बताएका छन् ।


ADVERTISEMENT

# # #


यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले उनीहरुले अभया सुब्बा र सनुप पौडेललाई विस्थापित गरेका हुन् । अन्य दुई कोचमा दीप श्रेष्ठ र प्रमोद खरेल रहेका छन् ।

युनाइटेड सिमेन्ट्स टाइटल स्पोन्सर हेको कार्यक्रमलाई एनआईसी एशिया बैंक र आईएनजी ग्रुप, लोटस हर्वल र हिरो मोटरसाइकल र केएनपी जापान पेन्टसले साथ दिएका छन् ।