काठमाडौं – सुन्दर यातायातले भदौको पहिलो हप्ताभित्र विद्युतीय सार्वजनिक यातायात शुरु गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लबमा कम्पनीको वेवसाइट विमोचन गर्दै यातायातले काठमाडौं उपत्यकाभित्र विद्युतीय यातायात संचालनमा ल्याउन लागेको जानकारी दिएको हो ।


ADVERTISEMENT


सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले शुरुमा काठमाडौं उपत्यकाको रिङरोडमा विद्युतीय बस संचालन गरी देशभर विस्तार गर्ने योजना सुनाए । उनले भने, ‘भदौंको पहिलो हप्ताभित्र विद्युतीय बस संचालनमा ल्याउँदैछौं ।’ बसका लागि चार स्थानमा विद्युत चार्ज गर्ने स्टेशन समेत राखिने बताए । विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने जानकारी दिँदै उनले अग्रिम रकम तिरेर कार्ड लिएर पनि बस चढ्न सकिने बताए ।


ADVERTISEMENT

# # #


यातायात व्यवस्था विभागका निर्देशक प्रेम कुमार सिहले विद्युतीय सेवा सर्वशुलभ र सस्तो हुने भएकाले यसलाई प्रोत्साहित गरिने बताए । विभागले यातायात क्षेत्रमा राम्रो कार्य गर्न लागेको भन्दै सुन्दर यातायातको प्रशंशा गरे ।

विद्युतीय सवारी साधनसम्बन्धी जानकार शैलेन्द्र बहादुर थापाले विद्युतीय यातायातको विशेषताबारे जानकारी दिए । देशको अर्थतन्त्रमा मात्र नभई वातावरणमा समेत यसले फाइदा पुग्ने जानकारी दिए ।