काठमाडौँ – नेपाली तीव्र गतिका बलर सोमपाल कामीले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पाइला राखेका छन् । उनले क्यानडाको ग्लोबल टी-२० लिगमा शनिबार राती डेब्यू गर्दै सन्दीप लामिछानेपछि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने दोस्रो नेपाली क्रिकेट खेलाडी बनेका हुन् ।


ADVERTISEMENT


लिगमा डेब्यू गरेपनि सोमपालले बलिङ भने बिर्सनलायक रह्यो । इडमन्टन रोयल्स विरुद्ध विन्निपेग हक्सका लागि डेब्यू गरेका उनी निकै महंगो साबित भए । जम्मा दुई ओभर बलिङ गर्दा सोमपालले ३३ रन खर्चिएर कुनैपनि विकेट लिन सकेनन् ।


ADVERTISEMENT

# # #


१०औं ओभरमा बलिङमा आएका उनले उक्त ओभरमा १५ रन खर्चिए । जसमा उनले एउटा छक्का खाएका थिए भने तीनवटा बल वाइड फाले । त्यसपछि १६औं ओभरमा सोमपाल १८ रन खान पुगे । सो ओभरमा उनले दुई छक्का र एक चौका खाए ।

टस हारेर ब्याटिङको थालेको विन्निपेग हक्सले २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो । १९६ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको इडमन्टनले १७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।