काठमाडौं – मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने एक पक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार पक्राउ गरेको छ ।


ADVERTISEMENT


महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका-२४ धापाखेलबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गिरीले विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई धम्क्याई रकम माग गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको देखिएको र उनीमाथि थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।