काठमाडौँ – सर्लाही घटनामा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै लामो समयदेखि संसद अवरोध गर्दै आएका कांग्रेस र राजपा अन्ततः संसद खुलाउन सहमत भएका छन् ।


ADVERTISEMENT


सोमबार सभामुख कृष्ण बहादुर महराले डाकेको सर्वदलीय बैठकमा संसदीय गतिरोध अन्त्य गर्ने सहमति भएको हो । फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको छ ।


ADVERTISEMENT

# # #


उक्त मितिमा रहनेहरुको नाम सभामुख महराले संसद बैठकमा सार्वजनिक गर्नेछन् । निर्धारित कायतालिका अनुसार प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्ने योजना थियो । तर सवैदलीय बैठक बस्नका लागि स्थगित गरिएको थियो ।