भक्तपुर – चाँगुनारायण नगरपालिका–१ दुवाकोटबाट ९ लाख रुपैयाँ लुटिएको छ । कास्की पोखरा घर भएका ३६ वर्षीय असिम गुरुङको नगद ९ लाख रुपैयाँ सोमबार बिहान लुटपाट भएको हो ।


ADVERTISEMENT


२ जनाले उनलाई जग्गा बैना गर्न भन्दै बोलाएर गुरुङको साथमा रहेको उक्त नगद लुटपाट गरेको बताइएको छ । तर, कसले लटपाट गर्यो भन्ने पहिचान खुल्न सकेको छैन ।


ADVERTISEMENT

# # #


उक्त घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।