एजेन्सी – भारत प्रशासित कश्मीरमा भारत सरकारले लिएको निर्णयपछि पाकिस्तानले प्रतिक्रिया दिएको छ । भारत सरकारको निर्णयपछि आरइतबार नै पाकिस्तानी सरकार र सेनाको बैठक बसेको थियो ।


ADVERTISEMENT


बैठकपछि पाकिस्तानले कश्मीर मुद्दाको कडा निन्दा गरेको छ । ‘पाकिस्तानले भारत प्रशासित जम्मू–कश्मीरमा भारत सरकारले गरेको निर्णयको कडा निन्दा र खारेज गर्दछ ।’ पाकिस्तानी विदेश कार्यालयले भनेको छ, ‘भारत प्रशासित जम्मू–कश्मीर एक अन्तर्राष्ट्रीय स्तरमा मान्यता प्राप्त विवादित क्षेत्र हो । न त भारत सरकारद्वारा गरिएको कुनै पनि किसिमको एकतर्फी कदमले यस विवादित स्थितिलाई बदल्न सक्छ न त जम्मू–कश्मीर वा पाकिस्तानले । यो त संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी)को प्रस्तावमा नीहित छ ।’


ADVERTISEMENT

# # #


पाकिस्तानले यस अवैध कदमविरुद्ध लड्नका लागि सम्भावित सबै विकल्पको प्रयोग गर्ने चेतावनी दिएको छ ।

भारतले आजै राज्य सभामा संविधानको धारा ३७० लागू नगर्ने प्रस्ताव गर्दै काश्मीरलाई दिइएको सम्वैधानिक विशेषधिकार खारेज गर्ने र जम्मु कश्मीर र लद्याखलाई अलग राज्य बनाउँदै केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो ।