काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलबीच समहति भई आयोगले प्रस्तुत गरेका शर्त पूरा भएमा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सकिने संकेत गरेका छन् ।


ADVERTISEMENT


यहाँ आज आयोजित साक्षात्कारमा उनले तर अहिलेकै संरचना र विद्यमान संवैधानिक व्यवस्थाअनुरुप भने एकै चरणमा निर्वाचन गर्न निकै कठिन हुने जनाउ दिएका छन् ।


ADVERTISEMENT

# # #


“प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि दुईवटा मतपत्र कायम गर्ने, आयोगले दिएको कार्ययोजनाअनुसार कानुन प्राप्त हुने र मतदान केन्द्र व्यवस्थापनमा दलले सहयोग पुर्याएको खण्डमा भने एकै चरणमा पनि निर्वाचन गर्न नसकिने भन्ने हुँदैन”, प्रमुख निर्वाचन आयुक्त यादवले भने ।

विद्यमान व्यवस्थाअनुरुप मतदाताले चारवटा मतपत्रको प्रयोग गर्नुपर्ने र एकैसाथ चुनाव गर्दा संविधानको भावनाबमोजिम महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न नसकिने बताउँदै उहाँले मतपत्रलगायत निर्वाचन सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, जनशक्तिको बन्दोबस्ती, मतदाता नामावली संकलन, मतदानस्थलको व्यवस्थापनजस्ता कारणले मौजुदा अवस्थामा एकैपटक निर्वाचन गराउन कठिनाइ हुने भनाइसमेत व्यक्त गरे ।

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित तुल्याउने सन्दर्भमा विद्युतीय मतदान गर्ने सम्भावनाको पाटोमा पनि छलफल भइरहेको उनको भनाइ थियो ।