काठमाडौं – सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले फिल्म निर्माणको घोषणा गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित फिल्म ‘सेन्टी भाइरस’ घोषणा गरेका हुन् ।


ADVERTISEMENT


फिल्म रामबाबु गुरुङले निर्देशन गर्न लागेका हुन् । केही पहिले फिल्मको नाम ‘एन्टी भाइरस’ प्रचार गरिएको थियो । अहिले घोषणा भने ‘सेन्टी भाइरस’को गरियो ।


ADVERTISEMENT

# # #


फिल्ममा धुर्मुस र सुन्तलीको अलवा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय रहनेछ ।

सुबिहानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ । सह–निर्मातामा डिन्डुका भाई फुर्पा लामा रहनेछन् ।

कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गरिने कलाकार सितारामले कार्यक्रममा जानकारी दिए ।