– डा. सुरेन्द्र झा, सहमहामन्त्री राष्ट्रिय जनता पार्टी एवं २ नम्बर प्रदेश नीति आयोग सदस्य


ADVERTISEMENT


भारतकी पूर्व विदेशमन्त्री एवं प्रभावशाली नेतृ सुष्मा स्वराजको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । सर्वप्रथम त उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु । राजनीतिक समयक्रममा सुरुदेखि पछिल्लो समय विदेशमन्त्री भएको बेला सम्म खेलेको भूमिकाले भौतिक शरीर नरहे पनि दिएको योगदानले उहाँलाई अमर बनाईरहनेछ । २०६४ मा भारतको रोहबरमा मधेश आन्दोलनका क्रममा भएको आठ बुँदे सहमती होस्, नाकाबन्दीका बेला भारतका तर्फबाट मधेश आन्दोलनका पक्षमा प्रस्तुत गरेको अभिव्यक्ति होस्, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा खेलेको भूमिका होस् या कुटनीतिक तवरबाट दुई देश बीचको बहुआयामिक पक्षहरुलाई जीवन्त बनाउँदै नेपाल भारतबीचको सम्बन्ध थप उचाईमा पूर्याउनका लागि उहाँको भूमिका सफल ईतिहाँस बनेको छ ।


ADVERTISEMENT

# # #


स्वराजको भूमिका वास्तवमै मधेश र यहाँका जनताहरुका लागि अभिभावकत्वकै रुपमा थियो । नेपालको बिषयमा नजिकबाट जानकार, मधेश तथा जनताहरुको समस्याको बिषयमा चिन्ता गरिरहने हाम्रो निकट हितैसी मित्रको निधनले यतिबेला सिँगो मधेश शोकमा छ ।


यतिबेला आठ बुँदे समेत कार्यान्वयनमा आउन सकिरहेको छैन, मधेश आन्दोलनको मर्म र भावनालाई सम्बोधन गर्न सरकार आनाकानी नै गरिरहेको छ । मधेश र मधेशी जनताको अधिकारका लागि लडाईँ अझै नसकिरहेको बेला स्वराजले जीवित हुँदा देखाएको चिन्ता, जनआवाजका पक्षमा राखेको स्पष्ट बिचार तथा सरकारलाई दिएको सुझावहरु उहाँलाई अन्तिम बिदाई गर्ने यो क्षणमा हामी सबैले शोकाकुल रुपमा सम्झिरहेका छौं ।

भारतको ईतिहासमा नै ईन्दिरा गान्धी पछिकी उचाईको राजनीतिज्ञ बन्न सफल सुष्मा स्वराजको महाप्रस्थानको यो घडीमा दुई देशबीचको आत्मीय सम्बन्धको कसीलाई थप निखार ल्याउन शोकलाई शक्तिमा बदल्न सकियोस्, मधेश आन्दोलनको भावना साकार बनाउन उहाँको साथ सँधै जीवतै रहिरहनेछ, दृष्टिबाट बिलिन भए पनि हाम्रो अन्र्तदृष्टिमा भने उहाँ सँधै रहिरहनुहुनेछ । नेतृ सुष्मा स्वराजलाई हार्दिक श्रद्धा सुमन !