काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागीपरेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् । सो अवसरमा उनले नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे जानकारी गराए ।


ADVERTISEMENT

# # #


विशिष्टिकृत अनुसन्धान इकाईको गठन, विध्वंसात्मक गतिविधि नियन्त्रण, लागूऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको उन्ले बताए । कर्मचारीको वृत्ति विकास, आर्थिक सुशासन, भौतिक पूर्वाधार विकास, निःशुल्क जग्गा प्राप्ति समेतका उपलब्धीबारे उनले प्रकाश पारे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसका गतिविधिबारे प्रकाश पार्दै उनले यस अवधारणा संस्थागत होस् भन्ने धारणा व्यक्त गरे । प्रहरी महानिरिक्षक खनालले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रणमा विशेष अभियान संचालन, राजश्व योगदानको साथै विपद् उद्दारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए ।