काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गगनकुमार थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिनभित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


विगतमा शुन्य र विशेष समयमा उठेका प्रश्न सम्बन्धित मन्त्रीले सुन्नेमात्रै जवाफ नदिने गरेपछि त्यस्तो नहोस् भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दे उनले सभामुखलाई प्रश्न गरे , ‘नियमको कार्यान्वयन किन नभएको ? हामीले गराउन नचाहेको हो वा सरकारले हामीलाई नटेरेको ?’ त्यस्तै शून्य समयमा बोल्दै सांसदहरुले अन्य समसायिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनले सांसदले उठाएका प्रश्नको जवाफ पाँच दिनभित्र प्राप्त गर्नुपर्ने माग गरे ।

यस्तै सांसद अमृतादेवी अग्रहरिले कपिल वस्तुमा किसानले मलखाद्य र पानीको ठुलो अभाव झेल्नु परिरहेको भन्दै मलखाद र सिञ्चाईको तत्काल व्यवस्था गर्न माग गरिन् । उनले यसबारे पटक–पटक कुरा उठाउँदै आएपनि सरकारले वेवास्ता गरेको गुनासो गर्दे कान थुनेर र आँखा बन्द गरेर मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री र कृषिमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइन् ।

सांसद कृष्णभक्त पोखरेलले सर्वसाधरण लगायत इच्छुक जनतालाई संघीय संसद भवनभित्र निर्वाध प्रवेश गर्ने वातावरण बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराए । सांसद खगराज अधिकारीले कालीगण्डकीको डाइभर्सन गर्दा केलादीघाट र देवघाट जस्ता पवित्र घाटहरु पानी विनाका हुने भदै, चापाकोट रामपुर लगायतका टार सिञ्चाई हुनबाट बञ्चित हुने तथा नारायणीमा पानी जहाज सञ्चालन गर्ने विषय पनि प्रभावित हुने भन्दै विषयवस्तुको गार्भियर्ता तर्फ विचार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद गणेशकुमार पहाडीले मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको खुर्कोट घुर्मी सडकखण्डमा दोहोरो यातायात संञ्चालनको लागि आवश्यक पहल गर्न आग्रह गरे ।