काठमाडौं – उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली स्वदेश फर्किएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । यस्तै स्वागतका लागि सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा ९ दिन उपचार गरेर फर्किएका हुन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको उनका प्रेस संयोजक चेतन अधिकारी सिंगापुर पुगेका थिए ।