काठमाडौं – नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध विनिपेग हवक्सले ग्लोबल टी-२० क्यानाडा क्रिकेटको उपाधि जितेको छ ।


ADVERTISEMENT


आइतबार राति भएको फाइनल खेलमा विनिपेगले भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको हो ।


ADVERTISEMENT

# # #


१९३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १९२ रन नै बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो । सुपर ओभरमा विनिपेगले जितको लागि १० रनको लक्ष्य पाएको थियो । निकै रोमाञ्चक खेलमा विनिपेगले सुपर ओभरमा जित निकाल्यो ।

यसअघि १९३ रनको लक्ष्य पछ्याउने क्रममा भ्यानकुभर नाइट्सका सोयब मालिकले ६४ र आन्ड्रे रसेलले अविजित ४६ रन बनाए पनि जित दिलाउन सकेनन् । त्यस्तै, टस हारेर पहिले ब्याटिङ गरेको विनिपेग हवक्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९२ रन बनाएको थियो । उसका लागि शइमन अनवारले ९० रन बनाए ।

नेपालका सोमपाल कामीले भने विनिपेगबाट एक खेल मात्रै खेल्न पाए । आफ्नो डेब्यु खेलमा नै विर्सनलायक प्रदर्शन गरेपछि सोमपाल बाँकी सबै खेलमा बेन्चमै रहे ।