काठमाडौँ – विपत्तमा उद्धार तथा अत्यावश्यक अवस्थामा रगत संकलन गरी सामाजिक काम गरिरहेको संस्था नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचार र अनियमितताका कारण विवादमा परेको छ।


ADVERTISEMENT


विवादकै बीचमा सोसाइटीले वर्तमान नेतृत्वले साधारणसभा बोलाएपछि काठमाडौं जिल्ला प्रशासनले चेतावनीपूर्वक स्पष्टिकरण नै मागेको छ।


ADVERTISEMENT

# # #


भ्रष्टाचार र अनियमितता सम्बन्धमा परेका उजुरीउपरको मुद्दा विचाराधीन रहेको अवस्थामा साधारणसभा गर्न लागेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले नेपाल रेडक्रस सोसाइटीलाई २४ घन्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।

अनियमितता छानबिन भइरहँदा सोसाइटीले बनेपामा २८ गतेका लागि साधारणसभा गर्न लागेको थियो।

प्रशासनले सोसाइटी नेतृत्वलाई पत्र काट्दै तत्काल बनेपामा आयोजना गर्न लागेको साधारण सभा स्थगित गर्न निर्देशन पनि दिएको छ।

आचार्यका अनुसार रेडक्रसको वैधानिकतामाथि नै प्रश्न उठाइरहेको बेला साधारणसभा गर्न दिँदा झनै समस्या सिर्जना हुने कारणले त्यो निरूपण नभइकन कुनै पनि गतिविधि गर्न उचित नहुने गर्दा रोक्न निर्देशन दिइएको हो।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको वैधानिकता विषयमा सर्वोच्च अदालतमा मुदा परेको छ र सो विचाराधीन छ।

यस्तै, पदाधिकारी तथा कर्मचारीले भ्रष्टाचार गरेको सम्बन्धमा छानबिन भइरहेको छ।