काठमाडौँ – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानले अन्ततः अमेरिकाको भिसा पाएका छन् । मंगलबार अन्तर्वार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपले भिसा निवदन अस्वीकेत गरिएको ट्वीटमार्फत जानकारी गराएपछि खैलाबैला मच्चिएको थियो ।


ADVERTISEMENT


चौतर्फी दबाबपछि अमेरिकी दूतावासले सन्दीपलाई ‘भिसा रिभ्यू’का लागि बोलाएको थियो । सन्दीप आगामी सेप्टेम्बर ४ देखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा सहभागी हुँदैछन् ।


ADVERTISEMENT

# # #


जसमा उनी बार्बाडक ट्राइडेन्सबाट खेल्दैछन् । त्यसका लागि उनी अमेरिका हुँदै जानुपर्ने र सीपीएलको फाइनल पनि अमेरिकामा हुने भएकाले अमेरिकाको भिसाका लागि निवेदन दिन गएका थिए ।