काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकार नै ठूला भ्रष्टाचारीलाई जोगान लागी परेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


मंगलबार संसदको विशेष समयमा बोल्दै उनले गंगबुमा बसपार्कमा समेत अनियमितता र भ्रष्टाचार हुँदा पनि कारबाही नभएको बताए । बसपार्क सञ्चालनको जिम्मेवारी पाएको लात्से बहुउद्देश्यीय संस्थाले सम्झौता विपरित जग्गामा अनियमिता गरेको बताए । ‘काठमाडौँ महानगरद्वारन लोत्से बहुउद्देश्यीसंग कानुविपरित सम्झौता गरिएको छ । त्यो रद्द गरी संसदीय छानविन समिति गठन गरिनुपर्छ’ उनले भने ।


ADVERTISEMENT

# # #


यस्तै उनले सार्वजनिक जग्गा विचौलियाले सक्न लागेको भन्दै आक्रो व्यत्तल गरे । ‘सरकारको यस्तै अभियान हो भने म सोध्न चाहन्छु, हाम्रो टुँडिखेल, सिंहदरबार र संसद भवन कहिले बिचौलिया र दलाललाई हस्तान्तरण हुन्छ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीमा दृष्टिदोष रहेको बताएका छन् । उनले भने, ‘शायद उहाँमा दृष्टिदोष छ । उहाँलाई नजिक हेर्ने चश्मा उपलब्ध गराऊँ । किनकी जम्मै भ्रष्टाचारी, दलाल उहाँकै वरिपरि छ । उनीहरुमाथि कारबाही हुनुपर्छ ।’

भ्रष्टाचारको आरोप लागेका साना कर्मचारीले आत्महत्या गरेको उल्लेख गर्दै उनले २०६३ सालपछि ठूलो कर्मचारी र नेताले भ्रष्टाचार नै गरेका छैनन् भन्ने प्रश्न गरे ।