काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले इतिहासकै उच्च मुनाफा  आर्जन गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७५/७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।


ADVERTISEMENT


नेपाल विद्युत प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै गत आर्थिक वर्षकोभन्दा १४९ प्रतिशत बढी नाफा कमाएको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष ०७४/७५मा २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले यसलाई ४ अर्ब ३० करोड अर्थात १४९ प्रतिशतले बढाएर ७ अर्ब २० करोड रुपैयाँ पुर्‍याएको हो ।


ADVERTISEMENT

# # #


प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट प्राधिकरण खुद नाफा कमाउन सफल भएको बताए्र ।

यस्तै विद्युत प्राधिकरणलेआर्थिक वर्ष २०७५/७६ गत वर्षको भन्दा ५ प्रतिशतले चुहावटमा पनि कमि आएको जानकारी दिएको छ। यस वर्ष प्राधिकरणको चुहावट कुल १५.३२ प्रतिशत रहेको छ। जबकी २०७४/७५ मा प्राधिकरणको चुहावट २०.४५ प्रतिशत रहेको थियो।

आव ०७२/७३मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि तीन वर्षदेखि निरन्तर खुद नाफामा छ । नाफा बढ्दै गएको छ ।