काठमाडौँ – तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि प्रारम्भिक नेपाली टोली घोषणा भएको छ । नेपालका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रशिक्षणमा रहेका ४६ खेलाडी मध्ये ३० जना छनोट गरेका हुन् ।


ADVERTISEMENT


प्रशिक्षक श्रेष्ठका अनुसार ३ सातापछि २३ सदस्यीय टिम घोषणा गरिनेछ । गामी असोज ३ गतेबाट १२ गतेसम्म हुने साफ यू–१८ फुटबमा नेपालले जित निकाल्ने लक्ष्य लिएको छ ।


ADVERTISEMENT

# # #


समूह ‘ए’ मा परेको नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ ।

नेपाली टिम

गोलकिपर : विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होडा
डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, विशान्त बस्नेत, अलिक रुम्बा, अन्जन महर्जन
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकास बुढामगर, रेजिन माझी, जय गुरुङ, मनिष थापा, कुशल फुया, नितिन थापा
फरवार्ड : ब्रिजेश चौधरी, सचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी