झापा – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।


ADVERTISEMENT


बुद्धशान्ति गाउँपालिका–२ मा ज्याला मजदुरी काम गर्ने धनकुटा पात्लेखोला घर भएका २३ वर्षीय सन्तोष तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।