मिसबाह रेशी


ADVERTISEMENT


फेक न्यूजको बल र त्यसलाई प्रचार गर्दाको अन्दाज त्यतिबेला हुन्छ जब तपाई संघर्ष भइरहेको स्थानमा हुनुहुन्छ, जहाँ हिंसा र विश्वासघात दुवै भइरहेको हुन्छ । त्यतिबेला तपाईंलाई कुनै सूचना सही हो भन्ने कुरामा पनि विश्वास हुँदैन । शुक्रबारदेखि सोमबार साँझसम्म हामी फरक–फरक मानिसले काश्मीरमा अतिरिक्त बल तैनाथ गर्ने र यात्रु तथा गैरकाश्मीरीलाई काश्मीर छोडेर जान भनिने अलग अलग तर्क सुनिरहेका थियौँ । तर, हामीलाई कुनै जानकारी थिएन ।


ADVERTISEMENT

# # #


केही मानिसले राज्यलाई विभिन्न हिस्सामा बाँड्न सक्ने अवस्था रहेको पनि चर्चा गरेका थिए । उनीहरुले काश्मीरलाई केन्द्र प्रशासित प्रदेश बनाउने र जम्मुलाई राज्यको दर्जा दिन सकिने अवस्थाको बारेमा पनि बताएका थिए । संविधानको धारा ३७० र ३५ ‘ए’ लाई हटाउन सकिने कुरा पनि उनीहरुले गरेका थिए ।
यो पनि अफवाह फैलिएको थियो कि यासिन मलिकको मृत्यु भइसक्यो । मान्छेहरु आफ्नो कुरामा शर्त राखिरहेका थिए ।

सोमबार कर्फयु लाग्ने हल्ला थियो । अनि डर थियो कि यो पटकको कर्फयु निकै कडा र लामो समयसम्म रहनेछ । म लाल बजारबाट आफ्नो घर नाड कडाल भएतर्फ निस्कें । सडकमा कोही हतारमा दौडेको देखेँ । एटीएमको सामुन्नेमा लामो लाइन थियो । राशन पसलको अगाडि दशौं कार रोकिएका थिए । पेट्रोलपम्प सुख्खा थिए किनकि शुक्रबारको राति मानिसहरुको भीडले त्यसलाई खाली गरिदिएको थियो ।

एक पेट्रोल पम्पमा मेरो कजनलाई पेट्रोल त छ तर सर्वसाधारणलाई नदिइ सीआरपीएफ र प्रहरीका लागि रिजर्भ राख्न उनलाई निर्देशन आएको भनिएको थियो । मेरो कजनको परीक्षा ६ अगस्टको दिन थियो । उनी पढाइमा व्यस्त थिए । त्यही बेला उनलाई साँझ अबेर काश्मीर युनिभर्सिटीले परीक्षा रद्ध भएको सूचना नकिालेको थियो । मैले एक साथीलाई रातको साढे १० बजे मेसेज पठाएको थिएँ तर डेलिभर भएन ।

मेरो इन्टरनेट त्यतिबेला पनि काम गरिरहेको थियो । त्यसकारण मैले यो सोचिनँ कि पूर्ण रुपमा शट डाउन हुनेछ । मेरा आमा बुबा दिल्लीमा हुनुहुन्थ्यो । मैले मेरी आमालाई टेक्स्ट मेसेज पठाएँ र सुतेँ ।

सोमबार

म सोमबार जब उठेँ त्यतिबेला किचेनमा अनौठो सन्नाटा थियो । गुलिस्ता च्यानलमा आउने बिहानको कार्यक्रम सुनेर मेरो दिनको शुरुवात हुने गरेको थियो । तर, सोमबार सबैजना चुपचाप बसेर नास्ता गरिरहेका थिए । मलाइ कसैले मेरो घरको बाहिर बिहान ४ बजेदेखि आएर सेना बसिरहेको बतायो । टीभी, ल्याण्डलाइन र मोबाइल केहीले पनि काम गरिरहेको छैन । कर्फयुको धेरैजसो समयमा बीएसएनएलको ल्याण्डलाइन फोनले काम गर्ने गर्दथ्यो तर यसपटक त्यो पनि बन्द थियो ।

मलाई खानाको चिन्ता भइरहेको थियो । पसल बन्द थिए र कोही पनि पसले देखिएका थिएनन् । मेरो अंकल तरकारी लिनको लागि बाहिर जानुभयो । तर, उहाँलाई सेनाका जवानले जान दिएनन् । सेनाले उहाँलाई बाहिर निस्के जोखिम पर्न सक्ने बताएको थियो । उहाँ खालि हात घर फर्किनुभयो । किनकि उहाँलाई थाहा थियो तरकारी लिन धेरै टाढासम्म जानुपर्ने हुन सक्छ ।

उहाँले एक पसलेलाई देख्नु पनि भएछ, जसले सबै तरकारी बेचिरहेका छन् । तर, खुसीको कुरा के थियो भने आन्टीले कुनै दोस्रो उपाय अपनाइ सक्नुभएको रहेछ । उहाँ गर्वले बताइरहनुभएको थियो– जब यो वर्षको फेब्रुअरीमा भारत र पाकिस्तानबीच तनाव बढेको थियो उहाँले कुन हिसाबले तयारी गर्नुभएको थियो । उहाँले मलाई बताउनुभयो,मैले दुई महिनाको राशन र अरु जरुरी वस्तु जुटाएर राखेको थिएँ । ”

त्यही तत्परताअनुसार उहाँले सप्ताहको अन्त्यमा खरिदारी गर्नुभएको थियो । काश्मीरमा के भइरहेको थियो त्यसबारेमा कुनै कुरा खुलेको थिएन । के हुन सक्छ भन्ने बारेमा त्यतिबेला मात्रै थाहा भयो जब घरका पुरुषहरु नमाज पढेर फर्किए ।

अपरान्हपछि धारा ३७० खारेज गर्न लागिएको कुरा घरमा पुगिसकेको थियो । अंकलले बताउनु भएअनुसार उहाँलाई मश्जिदमा कसैले यो कुरा सुनाएको थियो । हामी सबैले यसलाई एउटा हल्ला मानेर पत्याएनौं । मैले कजनलाई भने पनि–बिना राज्य सरकार, चुनाव भन्दा पहिला र जब मामिला अदालतमा छ त्यस्तो बेलामा कसरी धारा ३७० खारेज गर्न सक्छन् ।

आफ्नो ध्यान मोड्नका लागि मानिसहरुले मेरो ल्यापटपमा सिनेमा हेरे । साँझको बेलामा मैले सुनेँ– केही च्यानललाई प्रसारण गर्न अनुमति दिइयो । मैले हेर्दा दूरदर्शनमा कार्यक्रम आइरहेको थियो । बाँकी सबै बन्द थिए । जब हामीले समाचार देख्यौं त्यतिबेला थाहा भयो राज्य सभामा जम्मु काश्मीर पुनर्गठन विधेयकलाई पारित गरिएछ ।

काश्मीर र जम्मु अब केन्द्र शासित प्रदेश भइसकेका रहेछन् । लद्धाखलाई अलग केन्द्र शासित प्रदेश बनाइएछ । धारा ३७० र ३५ ‘ए’ लाई खारेज गरिसकिएको रहेछ । आउने दिनमा अब के के हुन्छ भनेर मेरो आँखा रसायो । त्यसपछिका १५ मिनेट हामी शून्यमा हरायौं ।

मेरो सबै भन्दा सानो कजनको उमेर ६ र अर्कोको ९ वर्षको छ । हामी घर नजिकैको बगैंचामा खेल्न गयौं । हामीले आइस वाटरको खेल सुरूमात्रै गरेका थियौं अश्रु ग्यासले हाम्रो बगैंचा भरियो । मेरो सानो कजन खोक्न थाल्यो तर उ खेल छोड्न चाहिरहेको थिएन । मैले उनीहरुलाई घरमा बन्द गर्नुपर्ने अवस्था आयो । ताकि हामी अश्रुग्यासबाट जोगिन सकौं ।

मंगलबार

मसँग दिल्ली फर्किनका लागि बिहीबारको टिकट थियो । हाम्रो चिन्ता के पनि थियो भने विमानस्थलसम्म सुरक्षित ढंगले पुग्न सकिएला रु हामीले अंकलको घरबाट बुधबार बिहान निस्केर विमानस्थलको नजिक पुगेर बस्ने निधो गर्यौं । मंगलबार अपरान्हसम्म सबै टीभी च्यानल प्रसारण भइसकेका थिए ।

तर, टीभी च्यानलमा आएका समाचारलाई हामीले सहन सकिरहेका थिएनौं । किनकि त्यसमा खुसियाली मनाएको दृश्य देखाइएको थियो । यहाँ हामीहरु भने आफ्नो घरमा बन्द थियौं । कसैसँग हाम्रो सम्पर्क थिएन । हाम्रो भविश्यमाथि असर गर्ने खालको सरकारको निर्णयविरुद्ध असहमति र आक्रोश देखाउन पनि सम्भव थिएन । मंगलबार साँझ फेरि एक पटक हाम्रो घर अश्रु ग्यासले भरियो । हाम्रो घरका एक आफन्त त्यहाँ आए ।

उनी आफ्नो घर छोडेर एक दूर दराजको घरमा गइरहेको बताए । किनकि श्रीनगरको उनको घरको बाहिर ढुंगा हानाहान भइरहेको छ । अश्रुग्याँसले उनका बच्चा पनि निकै डराइरहेका छन् । उनका बच्चा यो कुरालाई लिएर एउटा घर भित्र नै बसिरहन जोड गरिरहेका थिए । हाम्रो घरको माथि कैयौं हेलिकोप्टर उडेको आवाज आइरहेको थियो । माथिबाट तिनको आवाज र तल अश्रु ग्याँसले हामीलाई यकिन भएको थियो कि हामी कुनै युद्धभूमिमा छौं ।

मानिसहरुले केही युवाहरुको मृत्यु भएको पनि बताइरहेका थिए । केही घाइते भएको पनि बताइरहेका थिए । तर कसैले कसैको कुराको पुष्टि भने गर्न सकेनन् । मंगलबार राति मेरा एक जना कजन कटरामा रहेको युनिभर्सिटीबाट घर फर्के । उनका अनुसार कलेज प्रशासनले सबै काश्मीरीलाई क्याम्पस छोड्न भनेका थिए । किनकी युनिभर्सिटीभित्र र बाहिर उनको सुरक्षा जिम्बेवारी लिन नसक्ने बताइएको थियो ।

उनलाई आफ्नो घर सम्म पुग्न २४ घण्टा लाग्यो ।यस क्रममा उनले प्रहरीसँग कैयौं स्थानमा मद्यत मागेका थिए, प्रहरीले मद्यतपनि गरेको थियो । मंगलबारको राति हामी सोचिरहेका थियौं यो सिलसिला कहिले सम्म रहन्छ ।

बुधबार

म बिहान ५ बजे उठेर बिमानस्थलको नजिक पीर बाग सम्म जानको लागि निस्केँ । मैले आँसु चुहाउँदै आन्टीलाई गुडबाइ भने । उहाँले दुबईमा रहेको आफ्नो छोरासँग कुरा गर्नु भन्नुभयो ।उहाँ आइतबार राति आफ्नो छोरासँग कुरा गर्न नपाएकोमा चिन्ता व्यक्त गरिरहनु भएको थियो । अब उनीसँग कहिले कुरा हुन्छ भन्ने बारेमा उहाँलाई थाहा थिएन । उहाँको छोरा सम्म सन्देश पुर्याउनका लागि म एक मात्र माध्यम थिएँ । बाहिर सडक बन्द थियो । बैरिकेड र काँडेतार लगाइएको थियो । हामीले एक सानो ठाउँ खोज्यौं जहाँबाट कार निस्कन सकोस् ।

बिहान सबैरैको समय थियो । त्यसैले हामीलाई कसैले रोकेन । पीर बाग पुगेर हामीले देख्यौं कि त्यहाँपनि निकै बैरिकेड लगाइएका थिए । साना गल्लीमा जानपनि रोक लगाइएको थियो ।

साँझ अबेर मेरी आन्टी आउनु भयो । उहाँले आफ्नो कजनको बच्चालाई अश्रु ग्याँसको धुवाँले इन्फेक्सन भएको बताउनुभयो । तर, उहाँ औषधी लिन जान पाइरहनु भएको छैन । किनकी उहाँको कारमा पेट्रोल छैन । कर्फयुका कारण कुनै सार्वजनिक सवारी साधनपनि चलेका छैनन् ।

बिहीबार

दिल्लीको लागि निस्कन निकै मुश्किल थियो । आफ्ना आमा बाबुसँग गएका चार दिन मेरो कुनै बातचित हुन पाएको थिएन । मलाई थाहा छ उहाँहरुपनि निकै परेसान भइरहनु भएको छ । यद्यपि काश्मीरमा भएको आफ्नो परिवारलाई कसरी गुडबाई भनौं । यसको समझ मलाई आइरहेको थिएन । उहाँहरु जुन अवस्थामा हुनुहुन्थ्यो उहाँहरुलाई त्यो अवस्थामा कसरी छोड्न सक्थेँ । अनि कसरी सामान्य जीवनमा आउन सक्थेँ ?

यद्यपि म एक जिम्मेवारीका साथ त्यहाँबाट निस्केँ र दिल्ली पुगेर सबै कजनसँग सम्पर्क गरेर भन्नेछु–उनीहरुका आमाबाबुसँग भेटेर फर्केकी छु र उहाँहरु सुरक्षित हुनुहुन्छ । म उनीहरुको घरमा धेरै राशन पानी मौजुद रहेको र घरमा औषधीपनि किनेर राखिएको भन्नेछु । हामी कुन निराशा र विवशताका साथ इद मनाइयो र यस खालको सोचले हाम्रो भविश्यलाई कसरी लामो समय सम्म प्रभावित पार्नेछ भन्ने बारेमा पनि कुरा गर्नेछौं ।

(मिसबाह रेशी दिल्ली विश्वविद्यालयकी छात्रा हुन् र यो स्टोरी बीबीसी हिन्दीबाट लिइएको हो ।)