काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सचिवालयको बैठक दिउँसो ३ बजे डाकिएको थियो ।


ADVERTISEMENT


तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि आज बैठक नबस्ने भएको हो । अध्यक्षद्वयले मंगलबार सचिवालयका अन्य सदस्यसँग पनि छुट्टाछुट्टै कुराकानी गरेका थिए ।


ADVERTISEMENT

# # #


नेकपामा स्कुल विभागलाई लिएर यसअघिदेखि नै विवाद छ । सुरुमा पूर्व माओवादीले नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलको दाबी थियो । तर दुई नेताको नाममा विवाद भएपछि यो विभागमा ८ जनाको दाबी परेको छ ।

साउन १३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरूलाई कार्यविभाजनबारे एकसरो राय बुझ्ने निर्णय गरेको थियो ।