एजेन्सी – रुसी यात्रुवाहक विमान चरासँग ठोक्किएपछि राजधानी मस्को नजिकैको मकैबारीमा आपतकालिन अवतरण गरेको छ । उक्त विमानमा सवार २३ जना घाइते भएका छन् । विमान अवतरण भइरहेको देखेका एक स्वास्थ्य अधिकारीका अनुसार विमान अवतरण गर्नेक्रममा इन्जिन बन्द भएको थियो ।


ADVERTISEMENT


क्रिमियाको सिम्फेरोपुलका लागि उडेको युराल एयरलाइन्सको एयरबस ३२१ विमान उडिरहेको गुल्सको बथानमा ठोक्किएपछि इन्जिनमा क्षति भएको थियो । उडेको केही समयमै उक्त दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


रुसी मिडियाहरुले इन्जिन बन्द हुँदा पनि अवतरण हुनु मिराकल भएको बताएका छन् । युराल एयरलाइन्सले विमान पूर्णरुपमा क्षति भएको र आगामी दिनमा उडान भर्न नसक्ने जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

चालक दलका सदस्यसहित २३३ जना सवार विमानमा एक्कासी चरा ठोक्किएपछि चालक दलका सदस्यले आकस्मिक अवतरणको निर्णय लिएका थिए । एक नाम नखुलेका विमानमा सवार यात्रुले भने, ‘विमान उडेको केही समयमै एकाएक हल्लिएको थियो । करिब पाँच सेकेन्डपछि दायाँपट्टी रातो बत्ती बलेको र केही जलेको जस्तो गन्ध आएको थियो । त्यसपछि हामी ल्यान्ड भयौं र भाग्न थाल्यौं ।’