काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ३२ वटै विभागका प्रमुख र सातै प्रदेशका सहइन्चार्जहरु टंग्याएको छ । शुक्रवार बसेको सचिवालय बैठकले सातवटा प्रदेशमा थप दुई–दुईजना सहइन्चार्ज छ भने केन्द्रीय कार्यालयका सचिवहरु समेत तोकेको छ ।


ADVERTISEMENT


केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो । यसअघिनै सात प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन–तीनजना सहइन्चार्ज रहनेछन् ।


ADVERTISEMENT

# # #


बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर,लालबाबु पण्डितलगायतका मन्त्रीले पनि बिभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । स्कुल विभागको प्रमुखमा इश्वर पोखरेल चुनिएका छन् भने वामदेव गौतमलाई संगठन विभागको नेतृत्व दिइएको छ । यस्तै नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुख बनाइएको छ ।

माधव नेपालले भने विदेश विभाग प्रमुखको नेतृत्व सम्हाल्नेछन् । अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे चयन भएका छन् भने योगेश कुमार भट्टराई पर्यटन विभाग प्रमुखमा छनोट भएका छन् ।

नीति अध्ययन प्रतिष्ठान विभाग प्रमुख झलनाथ खनाललाई बनाइएको छ ।