काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आफ्नो सरकार ढल्ने सपना नदेख्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिसहरूले पद जाने भयो भनेर अहिले प्रधानमन्त्री लगालग काँपिरहेको सपना देखिरहेको बताए।


ADVERTISEMENT


पद जाने भो भनेर प्रधानमन्त्री लगलग काँपेको भन्ने बाबुराम भट्टराईको अभिव्यक्तिको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘पद नगएको दुनियाँमा मैँले अहिलेसम्म कोही देखेको छैन । राजा महाराजादेखि, जन निर्वाचितसम्म सबैको पद कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न  म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’


ADVERTISEMENT

# # #


केही प्रतिगामी शक्ति सडकमा आए भन्दैमा जनताले निर्वाचनमा जिताएर सुम्पिएको जिम्मेवारीबाट अहिलेको सरकार भाग्छ, लगलग काँप्छ भन्ने दिवास्वप्न नदेख्न चेतावनी दिए । उनले भने, ‘यो सरकारसंग चुनौतिको सामना गरेर आएको पृष्ठभूमि छ । जुन शक्ति र संस्थाका कुरा गर्ने गर्छन् मान्छेहरु, ती शक्तिहरु जिउँदै हुँदा हामीले तिनलाई ठेगान लगाएका हौँ ।’

उनले चिहानमा गएर हड्डी फकेर त्यो संस्था फर्काउँछु भनेर उफिँदैमा केही गर्न नसक्ने भन्दै उनले भने, ‘यो बेमौसमको बाजा नबजाए हुन्थ्यो ।’ चाहेको खण्डमा संविधानको, व्यवस्थाको, लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन पनि पछि नपर्ने उनले बताए ।

राष्ट्रिय गौरवका रुपान्तरणकारी आयोजनाहरु सरकारले अगाडी बढाएको भन्दै उनले नयाँ शैली र नयाँ तरिकाबाट सरकारले काम गरिरहेको उनले बताए ।